बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
कर्पोरेट

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा छुट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा छुट
काठमाडौं, जेठ १५ :

सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एन्ड स्पा बौद्धबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले लाइल्याक वेलनेस एन्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार