काठमाडौं, जेठ १५ :

नेकपा एमालेले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै छ ।विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित एमालेको र्‍याली सुरु भएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भइरहेका छन् ।र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताले गणतन्त्रको पक्षमा नारा लगाएका छन् ।

विभागका प्रमुख राजेन्द्र गौतमले  सबैतिरबाट र्‍याली सुरु भएको जनाउँदै केहीबेरमा भृकुटीमण्डपमा भेला भएर र्‍याली  रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र दिवसको सम्बोधन हुने बताए ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।