आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नाकामा आफ्ना समर्थकमाथि अनावश्यक सोधपुछ भइरहेको राप्रपाको आरोप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
नाकामा आफ्ना समर्थकमाथि अनावश्यक सोधपुछ भइरहेको राप्रपाको आरोप
फाइल तस्बिर।
काठमाडौं, जेठ १५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था समर्थनमा आयोजना गरिएको आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका आफ्ना समर्थकमाथि विभिन्न नाकामा अनावश्यक सोधपुछ र अवरोध गरिएको आरोप लगाएको छ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत सूचना दिँदै नौबिसे हुँदै राजधानी प्रवेश गरिरहेका समर्थकहरूलाई रोक्ने, सोधपुछ गर्ने र आवागमनमा बाधा पुर्‍याइएको जनाएका हुन्।

‘राजसंस्थाका पक्षधरहरूलाई सहज रूपमा आन्दोलनमा सहभागी हुन दिन प्रशासनसँग आग्रह गर्दछु,’ श्रेष्ठले भनेका छन्। राजसंस्थाको पुनर्स्थापनालगायत मागसहित राप्रपाको समर्थनमा आज काठमाडौंमा राजावादीहरूले प्रदर्शन गर्दैछन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार