
फाइल तस्बिर।
काठमाडौं, जेठ १५ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था समर्थनमा आयोजना गरिएको आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका आफ्ना समर्थकमाथि विभिन्न नाकामा अनावश्यक सोधपुछ र अवरोध गरिएको आरोप लगाएको छ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत सूचना दिँदै नौबिसे हुँदै राजधानी प्रवेश गरिरहेका समर्थकहरूलाई रोक्ने, सोधपुछ गर्ने र आवागमनमा बाधा पुर्याइएको जनाएका हुन्।
‘राजसंस्थाका पक्षधरहरूलाई सहज रूपमा आन्दोलनमा सहभागी हुन दिन प्रशासनसँग आग्रह गर्दछु,’ श्रेष्ठले भनेका छन्। राजसंस्थाको पुनर्स्थापनालगायत मागसहित राप्रपाको समर्थनमा आज काठमाडौंमा राजावादीहरूले प्रदर्शन गर्दैछन्।