काठमाडौं, जेठ १५ :

सरकारले आगामी आर्थिक वर्षको लागि बजेट साँझ ५ बजे ल्याउने भएको छ । आज साढे १ बजे बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गरेका थिए ।

आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिए ।

साँझ ५ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन् ।