काठमाडौं, जेठ १५ :

सरकारले युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरिएको सुनाए ।

अघिल्ली आर्थिक वर्षको भन्दा यो २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । 
कीर्तिपुरमा रहेको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पति खरिदका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ । सुर्खेतको विरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड बजेट विनियोजन गरिएको छ ।