
काठमाडौं, जेठ १५ :
सरकारले सरकारी कर्मचारीको तलब बढाएन । यसपटक कर्मचारीको तलब नबढे पनि महँगी भत्ता भने ५ हजार रुपैयाँ पुर्याएको छ ।
३ वर्षअघि तलब बढेकामा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।
तर स्रोतको अभावका कारण तलब बढाउन सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । तर उनले महँगी भत्ता बढाएर ५ हजार पुर्याएको जनाए ।