नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा शुक्रबार बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लीलामणि पोरखेलले जानकारी दिए । ‘राजीनामा नदिएसम्म संसद् अवरोध जारी रहनेछ,’ उनल भने ।
माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले लामो समयदेखि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् । तर जेठ १५ गते सरकारका तर्फबाट बजेट प्रस्तुत गर्दा भने प्रतिपक्षीहरूले संसद् अवरुद्ध गरेनन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि प्रतिपक्षीले उनको राजीनामा मागेर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रतिपक्षीको अडान- गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न दिँदैनौं
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ