शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

कीर्तिमानी आरोही पेम्बा शेर्पालाई सम्मान, पर्यटनदूत बनाउने तयारी

मष्तिष्कमृत्यु पछिको अंगदान प्रक्रिया सरल र सहज बनाउने स्वास्थ्यमन्त्रीको घोषणा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
कीर्तिमानी आरोही पेम्बा शेर्पालाई सम्मान, पर्यटनदूत बनाउने तयारी
काठमाडौं, जेठ १६ :

मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही सोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले विश्वरेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई दिए । ‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवर्धनदूतका रुपमा नियुक्त गर्नेछ ।’

अझै पनि मष्तिष्कमृत्युपश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने पौडेलले विश्वास व्यक्त गरे ।

‘मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं,’ उनले भने, ‘यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ ।’ उनले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको बिमाका लागि पहल गर्ने घोषणा पनि गरे ।

आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाए । ‘मैले मिर्गौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ,’ उनले भने, ‘आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरें ।’

वैदेशिक रोजगारीका क्रममा मिर्गौला फेल भएको पत्ता लागेपछि स्वदेश फर्किएका शेर्पाले तीन वर्षअघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।

सन् २००२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन् । स्वास्थ्यमन्त्रीले नागरिकको स्वास्थ्य सुधारमा राम्रो काम गरिरहेको भन्दै उनले प्रशंसासमेत गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार