काठमाडौं, जेठ १६ :

नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ ।

कोइरालाको बालुवाटारस्थित सचिवालयमा शुक्रबार दुई नेताबीच भेट भएको हो । यसअघि उनीहरूबीच गत असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो ।