शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

‘प्रजातान्त्रिक मूल्य-मान्यताका लागि फेरि संघर्ष गर्नुपर्ने अवस्था आयो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
‘प्रजातान्त्रिक मूल्य-मान्यताका लागि फेरि संघर्ष गर्नुपर्ने अवस्था आयो’
काठमाडौं, जेठ १६ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार र मूल्य मान्यता स्थापित गर्न फेरि संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको सम्मान एवं प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको ‘जीवनगाथा’ नामक पुस्तक लोकार्पण गर्दै उनले प्रजातान्त्रिक संस्कारका विषयमा बोल्दा खोट देखाउन खोजिनु गलत भएको बताए ।

‘बीपी, गणेशमान र कृष्णप्रसादको आचरणलाई फेरि हामीले कांग्रेसमा पुन:स्थापना गराउनुपर्ने आवश्यकता छ,’ उनले भने । कांग्रेस सरकारमा भए पनि गलत कुराको विरोध गर्न नसके लोकतन्त्र सुरक्षित हुन नसक्ने उनको भनाइ छ ।

गलत कुराको विरोध गर्न नसक्नेहरु बीपीको अनुयायी हुन नसक्ने बताउँदै उनले गलत कुरा टुलुटुलु हेरेर बस्नेहरू दास मानसिकताको उपज भएको उल्लेख गरे । आचरण लोकतान्त्रिक गणतन्त्रात्मक नभएकैले अहिले राजावादीलगायत विभिन्न नाममा आन्दोलन भइरहेकाले लोकतान्त्रिक मूल्य-मान्यताका आचरणअनुसरण गरी यो अवस्थालाई सुधार गर्न सकिने नेता कोइरालाको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार