काठमाडौं, जेठ १७ :

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन् । यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको उनको भनाइ छ । ‘अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीहरु स्वागत गर्छौँ,’ नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा चौधरीले भने ।

यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए ।

अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । बजेटमा आलोचना गर्नुपर्ने कुनै ठाउँ नरहेको उनले बताए ।