
काठमाडौं, जेठ १७ :
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिटल भुक्तानीको सेवा शुल्कमा लगाएको भ्याट हटाइएकाले डिजिटल अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । ‘बजेट केही महत्वकांक्षी हुन्छ र हुनुपर्छ । वित्तीय क्षेत्रमा केही राम्रो गर्न खोजेको देखिएको छ,’ उनले भने ।
यसले आगामी ५ वर्षमा वित्तीय क्षेत्र कहाँ पुग्छ भनेर लक्ष्य लिएको पनि उनको भनाइ छ । ‘डिजिटल बैंकका विषयमा केन्द्रीय बैंकले सोच्ने छ भनिएको छ । डिजिटल बैंकिङका लागि केही आधारभूत पूर्वाधारको आवश्यकता रहेको,’ उनले भने ।