काठमाडौं, जेठ १८ :

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सवारीको नियमन सम्बन्धी नियमावली ल्याएपछि सार्वजनिक यातायात व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

आफ्नो लगानी संकटमा परेको भन्दै उनीहरुले माइतीघर-बानेश्वर सडकखण्डमा विरोध जनाएका हुन्। दुईपांग्रे र चारपांग्रे निजी सवारीलाई यात्रु ओसार्न दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। 

आफूहरुले घरखेत धितोमा राखेर गरेको लाखौंको लगानी डुब्ने स्थितिमा पुगे उनीहरुको गुनासो रहेको छ । 'निजी सवारीलाई सार्वजनिक यातायातजस्तै चलाउँदा हामी जोखिममा परेका छौं' एक व्यवसायीले भने। प्रदर्शनका कारण उपत्यकाको सडक यातायात प्रभावित भएको छ।