
धनुषा, जेठ १८ :
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् ।
जनकपुरधाममा आज आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले समाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिएका हुन्।
‘सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ,’ उनले भने, ‘अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ ।’उहाँले यससँग सम्बन्धित प्रस्ताव सङ्घीय संसदमा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे ।