
काठमाडौं, जेठ १८ :
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बर्दिया, कास्की, धनुषा र पाँचथर जिल्लामा प्रजिअ फेरिएका हुन् ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । यसअघि बर्दियामा कार्यरत रहेकी रुद्रादेवी शर्मा कास्की पठाइएको छ ।
कास्कीका तत्कालीन सीडीओ भरतमणि पाण्डे मन्त्रालय तानिएका छन् । त्यस्तै, शंकरहरि शर्मा धनुषाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् भने अरुण पोखरेल पाँचथरको सीडीओ बनेका छन् ।
गृह मन्त्रालयले गरेको यो सरुवासँगै सम्बन्धित जिल्लामा प्रशासनिक नेतृत्व परिवर्तन भएको हो ।
