काठमाडौं, जेठ १९ :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधारलगायत विषयमा छलफल भएको छ ।