काठमाडौं, जेठ १९ :

काठमाडौं महानगरपालिकाले नेपाल फोटो फाउन्डेसनको सहकार्यमा ‘हिजोको नेपाल’ नामक पुराना फोटाहरूको प्रदर्शनी अभियान सुरु गरेको छ ।

बाफलस्थित ज्ञानोदय माविबाट सोमबार सुरु गरिएको अभियानअन्तर्गत नेपाली समाज, शिक्षा, संस्कृति, चाडपर्व, मुद्रा, ऐतिहासिक घटनाक्रमलगायत २८० भन्दा बढी पुराना तस्बिर प्रदर्शनमा राखिएका छन् ।

कार्यक्रम ज्ञानोदय मावि बाफलपछि विश्व निकेतन मावि त्रिपुरेश्वर, रत्न राज्यलक्ष्मी मावि बानेश्वर, शिवपुरी मावि बालुवाटार र कन्या मन्दिर मावि न्योखामा सञ्चालन हुनेछ ।

फोटाहरू १९२० सालदेखि हालसम्मका हुन् । अभियान जेठ महिनासम्म सञ्चालनमा रहनेछ ।