नवलपुर, जेठ १९ :

नवलपरासी पूर्वमा स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदाएक जनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका १ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) मधु नेपालका
अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली २, दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान सोमबार बिहान ठोक्किएका हुन् ।

बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना.४च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीको बा.२०च ७२ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किएका हुन् ।

प्रहरी नायब उपरीक्षक नेपालका अनुसार दुर्घटनामा घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ ।