काठमाडौं, जेठ १९ :

सत्ता गठबन्धनमा रहेका नेपाली र नेकपा एमालेको भागबन्डामा प्रेस काउन्सिल नेपालको सदस्यमा ६ जना नियुक्त गरिएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबार काउन्सिलको सदस्यमा कांग्रेसबाट तीन र एमालेबाट तीनजना गरी ६ सदस्य नियुक्त गरेका हुन् । गठबन्धनको सरकार भएका कारण प्रायः नियुक्तिमा कांग्रेस-एमालेले भागबन्डा गर्दै आएका छन् ।

काउन्सिलको सदस्यमा कांग्रेसको कोटाबाट बालकृष्ण अधिकारी, पदमराज जोशी र नकुल अर्याल नियुक्त भएका छन् । यसैगरी एमाले कोटाबाट नीमा काफ्ले, शन्तराम बिडारी र भीमलाल श्रेष्ठ नियुक्त भएका छन् ।

यसअघि मन्त्री गुरुङले कांग्रेसको कोटामा विजयराज अधिकारी र एमाले कोटाबाट केशवशरण लामिछानेलाई सदस्यमा नियुक्त गरेका थिए ।

योसँगै केही सातादेखि रिक्त सदस्यमा नियुक्त भएसँगै काउन्सिलले पूर्णता पाएको छ । काउन्सिलका सदस्य र अध्यक्षको पदावधि ४ वर्षको हुन्छ ।