बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं, जेठ १९ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उरुग्वे, डेनमार्क, जिम्बाब्वे, जोर्डन र केन्याका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा केन्याका मुन्यरी पिटर, जोर्डनका युसुफ अब्देलघानी, जिम्बाब्वेका स्टेला न्कोमो वाहागन, डेनमार्कका रसमस एबिल्डगार्ड र उरुग्बेका अल्बर्टो ए गुआनी थिए ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार