शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

संसद् बैठक २ बजेलाई सारियो

सभामुखको प्रस्ताव : गृहमन्त्रीका कुरा पहिले सुनौं, त्यसपछि छलफल गरौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
संसद् बैठक २ बजेलाई सारियो
काठमाडौं, जेठ २० :

प्रतिनिधिसभाको आज  बिहान ११ बजेका लागि तय गरिएको बैठक अपराह्न २ बजेलाई सारिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत मुछिएको भन्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सहमतिको प्रयासस्वरूप बैठक केही घण्टाका लागि सारिएको हो ।

गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपमा पक्ष राख्न पाउनुपर्ने माग गर्दै पटकपटक सभामुखसमक्ष समय मागेका थिए । तर, अहिलेसम्म उनलाई सदनमा बोल्न दिइएको छैन ।

सदनको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे सक्रिय भएका छन् । आज बिहानैदेखि उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग अलग-अलग र सत्ता–विपक्षी दलसँग संयुक्त बैठकसमेत गरेका छन् । बैठकमा उनले गृहमन्त्रीका कुरा पहिले सुनौं, त्यसपछि छलफल गरौं भन्ने प्रस्ताव राखेका थिए । विपक्षी दलहरूले उक्त प्रस्तावमा थप छलफल गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार