बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र सेयर बजार

३५.७३ अंकले घटेको नेप्सेमा साढे ६ अर्बको कारोबार

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबैका सूचक घटेर राताम्मे बनेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
३५.७३ अंकले घटेको नेप्सेमा साढे ६ अर्बको कारोबार
काठमाडौं, जेठ २० :

नेप्से मंगलबार ३५.७३ अंकले घटेर २,६५८.९३ को विन्दुमा रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि ७.०६ अंकले घटेर ४५३.९२ अंकमा पुगेको छ ।

नेप्सेमा आज (मंगलबार) ३१५ वटा कम्पनीका सेयर कारोबार भए । जसमा ७५ हजार ५०८ पटकको कारोबारमा एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबैका सूचक घटेर राताम्मे बनेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पियोर इनर्जी लिमिटेड परेको छ । नेप्से राताम्मे भए पनि पियोरको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डभेलपमेन्ट बैंक परेको छ । आजको दिनमा सप्तकोसीका लगानीकर्ताले सबैभन्दा धेरै ४.८९ प्रतिशतका दरले सेयर मूल्य गुमाए ।

नेप्सेमा आज राधी विद्युत् कम्पनीको सबैभन्दा बढी ६० करोड १५ लाख रुपैयाँको सेयर किनबेच भए । त्यसपछि युनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार