शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
राजनीति

प्रतिपक्षीलाई एमालेको आग्रह- गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिनुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
प्रतिपक्षीलाई एमालेको आग्रह- गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिनुस्
काठमाडौं, जेठ २० :

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसद्मा जवाफ दिन दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन ।

संसद् भवनमा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गृहमन्त्रीमाथि प्रश्न उठिसकेको अवस्थामा संसद्मा उभिएर जवाफ दिने उनको स्वाभाविक अधिकार रहेको बताए । उनले गृहमन्त्रीको राजीनामा वा छानबिन समिति गठनजस्ता विषय दोस्रो चरणका भएको स्पष्ट पारे ।

‘राजीनामा माग्नु, छानबिन समिति गठनको कुरा गर्नु तपाईंहरूको अधिकार हो,’ उनले भने, ‘तर पहिले उहाँलाई संसद्मा बोल्न दिनुपर्छ, उहाँको पक्ष राख्ने अधिकार खोस्न मिल्दैन ।’

सांसद वा मन्त्रीमाथि प्रश्न उठेपछि संसद्मा जवाफ दिने परिपाटीलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । यसरी जवाफ दिन नदिँदा गलत परम्परा बस्ने बर्तौलाको भनाइ थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार