
जेठ २१ :
पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु आरसिबी पहिलो पटक इण्डियन प्रिमियर लिग आइपिएल च्याम्पियन बनेको छ ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए। अविजित रहेका उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे।
आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो ।
यसअघि चेन्नई सुपर किंग्स ५ पटक, मुम्बई इन्डियन्स ५ पटक, कोलकाता नाइट राइडर्स ३ पटक, राजस्थान रोयल्स १ पटक, डेक्कन चार्जर्स १ पटक, सनराइजर्स हैदराबाद १ पटक र गुजरात जायन्ट्स १ पटक च्याम्पियन बनिसकेका छन्।