बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २२ मिनेट अगाडि प्रकाशित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
काठमाडौं, कात्तिक १९ :

 सर्वोच्च अदालतका लागि प्रस्तावित चारजना न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि हुने भएको छ। बिहीबार बसेको समितिको बैठकले सदस्यहरुलाई उजुरी वितरण गर्दै शुक्रबार र शनिबार सुनुवाइ गर्ने निर्णय गरेको हो।

समिति सभापति वोधनारायण श्रेष्ठले न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध २८ वटा उजुरी परेको बताए।  उनकाअनुसार प्रस्तावित न्यायाधीश डा रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन्।

चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएका हुन्। तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको छन्। उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ।

समितिले एक दिनमा दुई जनाको मात्रै सुनुवाइ गर्ने गर्नेछ । शनिबार जनक पाण्डे र गोकर्ण डाँगीलाई बोलाइएको छ। सर्वोच्चका लागि प्रस्तावित चारै जना उच्च अदालतको न्यायाधीशमध्येबाट न्याय परिषदले सिफारिस गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार