रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १४ लाख २५ हजार ७५७ अमेरिकी डलर पुगेको छ ।
भोटेकोशी विनाशकारी बाढी आएको दुई महिना बित्दा पनि उनीहरुको पुनःस्थापनका लागि सरकारले ठोस पहल भएको देखिएको छैन । पीडितहरु अहिले पनि अस्थाई टहरा र त्रिपालमुनी बसेर रात कटाउन बाध्य भएका छन् । उनीहरु स्थायी बासोबासको व्यवस्था सरकारले छिटो गरिदियोस् भन्ने पक्षमा रहेका छन् ।