काठमाडौं, कात्तिक १८ :
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्मको गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् ।
दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि आईजीपी केसीले नागरिकले प्रहरी देख्दा डर होइन भरोसा महसुस बनाउने पनि बताए ।
विगतका घटनाहरुबाट बल प्रयोगबारे पनि धेरै पाठ सिकेको बताउँदै उनले भ्रामक सूचना, डिपफेक, अनलाइन ठगी, क्रिप्टो करेन्सी, वैदेशिक रोगजार ठगी अहिलेको चुनौती रहेको औंल्याए ।
संविधान र कानुनप्रति अविचलित नरही संगठनको मयार्दा र निपक्षतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आईजीपी केसीले दलीय प्रभावबाट मुक्त हुन सहयोगको समेत अपेक्षा गरे ।