बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका #नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका
राजनीति

आईजीपीबाट हटाइएपछि कार्की कानुनी उपचारको खोजीमा

सर्वोच्च जान कानुन व्यवसायीको सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
आईजीपीबाट हटाइएपछि कार्की कानुनी उपचारको खोजीमा
काठमाडौं, कात्तिक १८ :

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेका छन्। मन्त्रिपरिषद्को निर्णयलगत्तै उनले केही कानुन व्यवसायीसँग परामर्श गरेको बुझिएको छ।

कार्कीले सम्भावित कानुनी विकल्पबारे कानुन व्यवसायीसँग छलफल गरेका हुन्। छलफलमा सरकारको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जानु उपयुक्त हुने सुझाव प्राप्त भएको जनाइएको छ।

अधिवक्ता स्वागत नेपालले आफूले कार्कीलाई टेलिफोन गरी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिन सुझाव दिएको जानकारी दिएका छन्।

कार्यकाल अझै १७ महिना बाँकी रहँदै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुँदा कार्की प्रहरी प्रधान कार्यालयमै रहेको बताइएको छ।

सरकारको यो निर्णयले करिब तीन दशकअघिको प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी घटनालाई पनि स्मरण गराएको छ। २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरेका थिए।

त्यतिबेला खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरिएको थियो। पछि सूर्यबहादुर थापा प्रधानमन्त्री बनेपछि खरेल पुनः प्रहरी महानिरीक्षक पदमा बहाल भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार