राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीलाई लिएर आम नागरिक र बौद्धिक वर्गबाट अपरिपक्वताको प्रश्न उठ्ने अवस्था आउन नदिन सुझाव दिएका छन्। उनले सरकारलाई विधिको शासनको पालना गर्दै परिपक्व ढंगले अघि बढ्न आग्रह गरेका छन्।
बिहीबार चितवन पुगेका सभापति लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै सरकारका पछिल्ला गतिविधिलाई लिएर विभिन्न कोणबाट प्रश्न उठिरहेको बताए।
‘हामीले प्रधानमन्त्रीलाई अपरिपक्व भन्न खोजेको होइनौँ। तर, त्यो कोणबाट पनि सल्लाह-सुझाव आइरहेका छन्,’ उनले भने।
सरकारले आफ्ना गतिविधिमार्फत प्रश्न उठ्ने ठाउँ दिन नहुने उनको भनाइ थियो। उनले पत्रकारमाथि भइरहेको धरपकडप्रति असन्तुष्टि जनाउँदै यस विषयमा स्पष्ट पार्न पार्टीले सरकारलाई निर्देशन दिइसकेको बताए।
कसैले गल्ती गरे सम्बन्धित निकायबाटै अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिँदै उनले अदालत, प्रहरी प्रशासन, प्रेस काउन्सिल र राष्ट्रिय मानवअधिकार आयोगजस्ता संस्थालाई बलियो बनाउनुपर्ने बताए।
‘सरकारले काम गरिरहेको छ। अझ सही ढंगले काम गरिदिए हुन्थ्यो भन्ने ठाउँ जहिले पनि रहिरहन्छ,’ उनले भने।
सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो कुनै वादविवाद वा झगडा नरहेको स्पष्ट पारे। सरकार र रास्वपाबीच तालमेल नरहेको भन्ने आरोपसमेत उनले अस्वीकार गरे।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन