नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा रहनुले सत्ताको चरम दुरुपयोगका साथै प्रमाण नष्ट हुने आशङ्का देखिएको बताएकी हुन् ।
उनले सुशासनको नारा दिएर आएको सरकारले कानुनी र नैतिक हिसाबले यसको जवाफ दिनुपर्ने उल्लेख गरिन् । प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निजी निवासमा पुग्नु, म्यासेज डिलिट हुनु, स्क्यान गरिनु जस्ता विषयहरू गम्भीर रहेको उनले बताइन् । उनले यस विषयमा जोडिएका व्यक्तिहरुमाथि छानबिन हुनुपर्ने धारणा राखिन् ।
त्यस्तै उनले नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभई राज्यको एक व्यावसायिक, स्वतन्त्र संस्था भएकाले यसमाथिको हस्तक्षेपले शान्ति सुरक्षालाई कमजोर बताइन् । अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहीता पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध