
सरकारले मन्त्रिपरिषद् बैठकमा भएका १४ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धि बिक्रम शाहलाई बढुवा गर्ने निर्णय गरेको छ।
यस्तै, नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारले यही २०८२ साल जेठ २८ देखि ३० गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना हुने सम्मेलनमा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, भौतिक पूर्वाधार सडक सुरक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृति दिने निर्णय सरकारले गरेको छ।सञ्चार तथा सूचना हुलाक सेवासम्बन्धी विधेयक तर्जुमा गर्न पनि मन्त्रिपरिषद्ले सिद्धान्त स्वीकृति दिएको छ।
यस्ता छन् थप निर्णय :