
कास्की, जेठ २१ :
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार प्रदेशसभामा पेस गरेको नीति तथ कार्यक्रममा यस्तो उल्लेख छ।
नीति तथा कार्यक्रमममा भनिएको छ, ‘नेपाल सरकारको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाइ तथा वितरण कार्य प्रदेशबाटै सुरूवात गरिनेछ।’ सवारी साधन करलाई अनलाइनमार्फत भुक्तानी, अन्य प्रदेशमा दर्ता भई गण्डकीमा दर्ता/नवीकरण हुन चाहने सवारी साधनलाई सहुलियत दिइने भएको छ।
सरकारले राइड सेयरिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गर्ने भएको छ। गएको जेठ २ गते साइड सेयरिङ नियमावली जारी गरेको प्रदेशले सङ्घ सरकारको निर्देशन बमोजिम मङ्गलबार एक महिनाका लागि यसलाई स्थगन गरेको थियो ।
गण्डकीको नीति तथा कार्यक्रमको पूर्णपाठ :