
काभ्रे, जेठ २१ :
काभ्रेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
दुर्घटनामा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ ।
पनौतीबाट बेथानचोक गाउँपालिका ६, भुग्देउ जाँदै गरेको यात्रुवाहक बस भुग्देउस्थित दर्केखोलामा बुधबार दुर्घटना भएको हो ।