शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको स्थिर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं, जेठ २२ :

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ ।

बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुनचाँदी दुवैको मूल्यवृद्धि भएको थियो ।

महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने प्रतितोला दुई हजार ७५ रुपैयाँ नै निर्धारण भएको छ । चाँदीको मूल्य बुधबार पनि यही नै थियो । मंगलबार भने चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भए छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार