बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सापकोटाबारे धारणा बनाउन माओवादीले सर्वोच्चको पूर्णपाठ कुर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
सापकोटाबारे धारणा बनाउन माओवादीले सर्वोच्चको पूर्णपाठ कुर्ने
काठमाडौं, जेठ २२ :

नेकपा (माओवादी केन्द्र) ले पार्टी उपाध्यक्ष अग्नि सापकोटासम्बन्धी सर्वोच्च अदालतको आदेशबारे धारणा बनाउन पूर्णपाठ कुर्ने निर्णय गरेको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले सर्वोच्चको लिखित आदेश आएपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

पार्टी स्रोतका अनुसार सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ हेरेर मात्र पार्टीले ठोस निर्णय लिनेछ । ‘पार्टीको आधिकारिक धारणा बनाउन पूर्णपाठ हेर्नुपर्ने निष्कर्षमा बैठक पुगेको छ,’ एक नेताले जानकारी दिए ।

सर्वोच्च अदालतले बुधबार माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख सापकोटाविरुद्ध द्वन्द्वकालीन मानवअधिकार उल्लंघनसम्बन्धी उजुरीमा छानबिन अगाडि बढाउन आदेश दिएको थियो ।

सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपसम्बन्धी मुद्दा दर्ता भएको थियो । सो मुद्दामा लामो समयदेखि सुनुवाइ रोकिएकोमा सर्वोच्चको आदेशपछि फेरि अनुसन्धान अघि बढ्ने भएको छ ।

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार