काठमाडौं, जेठ २२ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।  

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । नेपालले तत्कालीन प्रधानमन्त्रीका हैसियतमा पतञ्जलिलाई सरकारी जग्गा साटासाटमार्फत प्रदान गर्न भूमिका खेलेको अख्तियारले अभियोग लगाएको छ ।

मुद्दा दायर गर्नुअघि अख्तियारले एक महिनाअघि पनि पूर्वप्रधानमन्त्री नेपाललाई आयोगमा सुटुक्क बोलाएर बयान लिएको थियो । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणको अनुसन्धान सकेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पतञ्जलि जग्गा हिनामिना प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर