काठमाडौं, जेठ २२ :

साताको कारोबार अन्तिम दिन आज (बिहीबार) नेप्से ५.९९ अंकले घटेर २,६४०.९६ को विन्दुमा रोकिएको छ ।

नेप्सेमा आज (बिहीबार) ३११ वटा कम्पनीका सेयर कारोबार भए । जसमा ७७ हजार ६७० पटकको कारोबारमा एक करोड १७ लाख आठ हजार ८०९ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम सात अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबैका सूचक घटेर राताम्मे बनेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा रिभर फल्स पावर लिमिटेड परेको छ । नेप्से राताम्मे भए पनि यसको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड परेको छ । ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.३० प्रतिशतका दरले सेयर मूल्य गुमाए ।

नेप्सेमा आज राधी विद्युत् कम्पनीको सबैभन्दा बढी ९१ करोड २३ लाख ९० हजार २५ रुपैयाँको सेयर किनबेच भए । राधीको अन्तिम कारोबार मूल्य ८३८ रुपैयाँ कायम रह्यो ।