सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
अर्थतन्त्र कर्पोरेट सेयर बजार

हिमस्टार ऊर्जाको आईपीओ आउँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
हिमस्टार ऊर्जाको आईपीओ आउँदै
काठमाडौं, जेठ २३ :

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत (११ करोड १९ लाख रुपैयाँ) बराबरको ११ लाख १९ हजार कित्ता सेयर यही जेठ ३० गतेदेखि निष्कासन गर्ने अनुमति पाएको छ ।

जसमा कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले १ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको १ लाख ८६ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्नेछ । साथै ९३ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ । त्यसपछि बाँकी रहेको ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार