काठमाडौं, कात्तिक ९ :
नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैं सकिएसंगै सरकारी कार्यालयहरु आजबाट(सोमबार) खुलेका छन् । असोज ३१ गते फूलपातीदेखि कार्तिक ८ गतेसम्मको लामो दशै बिदा सकिएसंगै सरकारी कार्यालयहरु सोमबारबाट खुलेका हुन् ।
सरकारी कार्यालयहरु खुला भएसंगै काठमाडौंमा चहलपहल निकै बढेको छ । दसैंमा बन्द भएका व्यापार व्यवसायहरु पनि खुल्न थालेका छन् । त्यस्तै दशै बिदामा घर गएकाहरुको फर्कने संख्या पनि बढेको ट्राफिक कार्यालयले जनाएको छ ।