शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य स्थिर, चाँदी ७५ रुपैयाँले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
सुनको मूल्य स्थिर, चाँदी ७५ रुपैयाँले बढ्यो
काठमाडौं, जेठ २३ :

नेपाली बजारमा  आज (शुक्रबार) सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ नै कायम छ । अघिल्लो दिन (बिहीबार) पनि सुनको मूल्य यही नै कायम थियो ।

यस्तै एक तोला चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ । हिजो (बिहीबार) चाँदीको मूल्य प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य ३ हजार ३८९ डलर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार