सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार

खोटाङका तत्कालीन जिशिअ ज्ञानमणि नेपालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
खोटाङका तत्कालीन जिशिअ ज्ञानमणि नेपालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, जेठ २३ :

जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीकृष्ण उच्च माध्यमिक विद्यालय टेम्माको ४ कोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा जिशिअ नेपाललगायतमाथि शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

अख्तियारले तत्कालीन जिशिअ नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सबइन्जिनियर शिवराज राई, श्रीकृष्ण उच्च माविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम राई, अर्का अध्यक्ष हरिनारायण राई, विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

उनीहरूले विद्यालय भवन निर्माण गर्दा झुट्टा बिल भरपाइका आधारमा रकम निकासाको लागि सदर गरी २५ लाख ५० हजार रुपैयाँ बराबरको रकम आफूहरुलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई गैरकानुनी हानि पुर्‍याउने बदनियत राखेको अख्तियारको आरोप छ ।

अख्तियारले आरोपी सातै जनाविरुद्ध २५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन माग दाबी लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार