सुर्खेत, जेठ २३ :

जाजरकोटको नलगाड नगरपालिका ८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईजनाको शव फेला परेको छ ।

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए । पौडी खेल्ने क्रममा बेपत्ता भएकी १२ वर्षीया आशा कुसारी भने अझै बेपत्ता छिन् ।

प्रहरीका अनुसार बेपत्ताको खोजी जारी छ । शुक्रबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा उनीहरु भेरी नदीमा बेपत्ता भएका हुन् ।

जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको डीएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदीभाइ हुन् ।