
काठमाडौं,साउन १४: निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको बिषयमा निर्णय गर्न आज संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । उहा माथिको सुनुवाइ भने सकिसकेको छ ।
आजको बैठकमा त्यसलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने बताईएको छ । समितिको बैठक आज बिहान साढे ११ बजे बस्दैछ ।
असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले प्रधानले आफुलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।
त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । साउन ९ गते प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।