
मोरङ, जेठ २४ :
मोरङको कटहरी गाउँपालिका २ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको प्रधानमन्त्री केपी ओलीले शनिबार उद्घाटन गरेका छन् ।
नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम अस्पताल स्थापना भएको हो ।
प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।