
काठमाडाैं, जेठ २४ :
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य 'किरण' १० दिनदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचाररत छन्। ७८ वर्षीय वैद्यलाई पुरानो दम (श्वासप्रश्वासको समस्या) का कारण स्वास्थ्यमा जटिलता आएपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार, अक्सिजनको स्तर बेला–बेला घटबढ हुने भएकाले उनलाई आईसीयूमै राखेर निगरानीसहित उपचार भइरहेको छ।
यसअघि पनि वैद्यलाई यही समस्याका कारण गत पुसमा त्रिवि शिक्षण अस्पतालमै एक महिनासम्म भर्ना गरेर उपचार गरिएको थियो।