
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणको छानबिनमा नेपाली कांग्रेस लचक नभएको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटको ब्रिफिङ दिँदै यस्तो बताएका हुन्।
प्रचण्डका अनुसार उनले विपक्षी दलहरूको तर्फबाट म्यान्डेट लिएर देउवालाई भेटेका थिए र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न संसदीय समिति वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्न सकिने प्रस्ताव राखेका थिए। तर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिले नै अनुसन्धान गरिरहेको भन्दै छानबिन समिति आवश्यक नरहेको बताएका थिए।
देउवाले प्रचण्डसँग संसद् सञ्चालनमा सहयोग मागे, के दिए जवाफ ?
कांग्रेस र माओवादीबीच सहमति जुट्न नसक्दा संसदमा बजेट छलफलसमेत प्रभावित भएको छ। विपक्षी दलहरूको बैठक लम्बिँदा र दलहरूबीच संवाद जारी रहेकाले प्रतिनिधि सभा बैठक पटकपटक सारिँदै आएको छ।