दाङ, जेठ २५ :

दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित तुलसीपुर-अमलिया सडक खण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान करिब ११ बजे गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट विद्यार्थी झारेर फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दंगीशरण-२ की ४२ वर्षीया शान्ता खड्का चौधरी र तुलसीपुर-४ का ६० वर्षीय नारायण भण्डारीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।