काठमाडौं, जेठ २५ :

सरिना घलेले डब्ल्यूएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।

यूकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फर्ममा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सन्जितकुमार राईले जनाएका छन् ।

सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई ९.३ पछि पार्दै स्वर्ण जितेकी हुन् । यूकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि यूकेमै गत फेब्रुअरी ९ तारिखमा भएको डब्ल्यूएमएसी इंग्लिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

उमा कुङफुकी तेस्रो डान सरिनाले यूकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्ल्यूएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अध्यक्ष राईले जानकारी गराए ।