
लस एन्जलसमा विना कागजका आप्रवासनमाथि छापा मारिएको विरोधमा प्रदर्शन पुन चर्किएको छ ।
प्रदर्शनकारीहरू सुरक्षा निकायसँग आमनेसामने भएका छन्। तीन दिन अघि विना कागजका दर्जनौं व्यक्तिहरुलाई पक्राउ गरेपछि प्रदर्शन सुरु भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा २ हजार नेशनल गार्ड तैनाथ गर्न आदेश दिएका छन् । उनीहरुले शहरको केन्द्रमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई अश्रुग्यास प्रहार गरेका छन्।
प्रदर्शनकारीहरूले सहरको मुख्य १०१ फ्रीवे अवरुद्ध गरेपछि सुरक्षा निकायले उनीहरूलाई हटाउन कारबाही थालेका छन्।
ट्रम्पले नेशनल गार्ड पठाउने आफ्नो निर्णयको बचाउ गर्दै उनीहरुले कानून र व्यवस्था सुनिश्चित गर्ने बताएका छन् । तर क्यालिफोर्नियाका गभर्नरले ट्रम्पलाई ती सेना फिर्ता गर्न आग्रह गरेका छन्। ट्रम्पको सो कदमलाई अन्य डेमोक्रेट गभर्नरहरूले शक्तिको गम्भीर दुरुपयोग भनेका छन्।
प्रदर्शनकारीहरूले सहरको केन्द्रमा स्वचालित सवारी साधनहरूमा आगो लगाएका लस एन्जलस प्रहरी विभागले जनाएका छन् ।