
संसद् बैठक ५ मिनेटमै सकिएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरु उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरले सहमतिको प्रयास भएको बताउँदै आधा घण्टाका लागि स्थगित गरेका छन् ।
‘दलीय आधारमा बोल्न दिनेछु । वातावरण गराइदिनुहुन उठ्नुभएको माननीय सदस्यलाई बस्न अनुरोध गर्दछु,’ सभामुख घिमिरेको भनाइ थियो ।
सत्ता पक्षका सांसदहरुले पनि आफूहरु बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
000
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको र तत्काल राजीनामासहित उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै विरोध जनाएका हुन् ।
विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन् ।
वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन् । सभामुख घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन विभिन्न चरणमा प्रमुख सचेतक तथा शीर्ष नेताहरूसँग छलफल गरेका थिए । तर छलफलले सदनको गतिरोध अन्त्य हुन सकेको छैन ।